अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते

    • स्वास्थ्य पेज

  • २३ जेष्ठ २०७८, आईतवार

सिरहा: सिरहामा अज्ञात समूहले गोली प्रहार गर्दा एक जना औषधि व्यवसायी घाइते भएका छन् ।

मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफी गोली लागि घाइते भएको प्रहरीले जनाएको छ । शनिवार राति पौने ८ बजेतिर पसलमा बसिरहेका ४५ वर्षीय साफीमाथि दुई राउण्ड गोली प्रहार गरेर अज्ञात समूह फरार भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हिराबहादुर पाण्डेले गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार केहिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech