कर्णाली प्रदेशमा कोभिड संक्रमित थपिने भन्दा निको हुने धेरै

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०७८, बिहीबार

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट ४०९ जनाको नमुना परीक्षण गर्दा ८७  जना र ५५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७१  जना गरि कुल २५८ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ४२३ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २२ हजार २०२ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

हालसम्म संक्रमणबाट करिब १४ हजार ६०९ जना निको भएका छन् । ६ हजार १२२ जना कोभिडका सक्रिय संक्रमित अहिले विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ५ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण कर्णाली प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या २२६ पुगेको छ ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech