भेरी अस्पतालमा कोभिड संक्रमित थप चारजना र मेडिकल कलेजमा दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण बाँकेका अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ ।

संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा चारजना र नेपाललगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरि थप ६ जनाको मृत्यु जिल्लाका कोभिड फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-१२ दाङका ४० वर्षीया महिला, बासगढी नगरपालिका-३ बर्दियाका ६५ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका-६ बर्दियाका ६० वर्षीया महिला, घोराही उपमहानगरपालिका-१८ दाङका ५१ वर्षीय पुरुष हुनुहुन्छ ।

त्यस्तै उपचारका क्रममा भेरी अस्पतालमा कोहलपुर नगरपालिका-१० का ७१ वर्षीय पुरुष र खजुरा गाउँपालिका-४ बाँकेका ३२ वर्षीया महिलाको समेत मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २५१ जना र जिल्लाकै २७९ जनाको मृत्यु भएको छ ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech