सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २२९ जनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ७ जेष्ठ २०७८, शुक्रबार

धनगढी: धनगढी स्थित सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप २२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा ५९८ नमूना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो ।अस्पतालका अनुसार गएको २४ घण्टामा अस्पतालबाट कोभिड संक्रमण जितेर ४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै उपचारका लागि थप ११ जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा कोभिड संक्रमित १०८ जना बिरामीको उपचार भैरहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण अस्पतालमा २ जनाको मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech