कैलालीमा जारी निषेधाज्ञा एकसाता लम्बियो, थप कडाइ गर्ने तयारी

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०७८, बुधबार

धनगढी: कैलालीमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जेष्ठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि कैलाली प्रशासनबाट यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म, बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म र बैशाख मसान्तदेखि जेठ ६ गतेसम्म निशेधाज्ञा जारी गर्ने निर्णय भएको थियो।

निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्ने तयारी गरेको छ ।निषेधाज्ञामा सरकारी बैंक बाहेक सबै बैंक बन्द गरिने जनाइएको छ ।

औषधी उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिबन्द लगाइएको छ । कैलालीमा संक्रमण तिब्र गतिमा फैलदा अहिले उपचारमा समेत समस्या भैरहेको छ। अस्पताल भरिभराउ छन् । संक्रमणको जोखिम उत्तिकै छ ।

हेर्नुहोस् प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेश

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech