बर्दिया अस्पताल सहित विभिन्न १२ अस्पतालमा अक्सिजन प्लान्ट बनाउन १६ करोड ८० लाख बजेट सुनिश्चित

    • स्वास्थ्य पेज

  • ४ जेष्ठ २०७८, मंगलवार

तस्बिर:फाइल

काठमाडौं: बर्दिया अस्पताल सहित देशभरका विभिन्न १२ वटा अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न र एउटा अस्पतालमा अक्सिजन पाइपलाइन विस्तार गर्न अर्थ मन्त्रालयले बजेट थप गरेको छ ।

त्यसका लागि अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप १६ करोड ८० लाख खर्च गर्ने सहमति प्रदान गरेको हो ।यससँगै अब स्वास्थ्य मन्त्रालयले प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाउन सक्ने भएको हो ।

स्वास्थ्यले कुल १२ वटा अस्पतालका लागि रकम माग गरेको थियो । यसअघि पनि अर्थले संघ र प्रदेश अन्तरगतका अस्पतालहरुमा अक्सिजन प्लान्ट, एचडीयू र भेन्टिलेटरका लागि ४ अर्ब भन्दा बढी बजेटको सहमति दिएको थियो।

अर्थ मन्त्रालयका अनुसार दमौली अस्पताल तनहुँमा अक्सिजन पाइपलाइन विस्तार गर्न रकम स्वीकृत भएको छ । यसबाहेक बर्दिया अस्पताल,स्याङ्जा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल, अर्घाखाँची अस्पताल, पी चन्द्र अस्पताल , तौलिहवा अस्पताल, पाल्पा अस्पताल,प्रादेशिक अस्पताल (दाङ), प्यूठान अस्पताल र तेह्रथुम अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम स्वीकृति दिइएको हो ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech