भेरी र मेडिकल कलेजमा थप एक-एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०७८, सोमबार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा थप दुईजना कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीका अनुसार संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा एकजना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा गुर्भाकोट नगरपालिका-१३ सुर्खेतका ६८ वर्षीय पुरुष र शिबराज नगरपालिका-५ कपिलवस्तुका ३८ वर्षीय पुरुष हुनुहन्छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका १९६ जना र जिल्लाकै २४० जनाको मृत्यु भईसकेको छ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech