कोभिड संक्रमणका कारण थप २१४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०७८, सोमबार

तस्विरः फाइल

काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण देशभर थप २१४ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ९ हजार २४७ संक्रमित थपिएका छन् ।

त्यस्तै देशभरबाट ५ हजार ७६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech