बाँकेका ७५ जनामा संक्रमण पुष्टि, आजै ३६५ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज: बाँकेका दुईवटा प्रयोगशालामा ३६३ नमुना परीक्षण गर्दा १४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा १७५ नमुना परीक्षण गर्दा ५८ जना र बागेश्वरी ल्याबमा १८८ नमुना परीक्षण गर्दा ९१ जना गरि कुल १४९ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज भेरी अस्पतालको प्रयोगशालाले रिर्पोट दिईसकेको छैन । आज देखिएका संक्रमित मध्य बाँकेका मात्र ७५ जना छन् ।आज जिल्लामा ३६५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

१९० जना महिला र १७५ जना पुरुष गरि ३६५ जना कोरोना संक्रमणबाट निको भएका हुन् ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech