भदौ १ गतेदेखि हवाई उडान नियमित गर्ने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • ५ श्रावण २०७७, सोमबार

काठमाडौं ०५, साउन ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को सोमबारको बैठकले चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको हवाइ उडान नियमित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, साउन ७ गतेउता लकडाउन अझ खुकुलो पारिने पनि मन्त्री हृयदेश त्रिपाठीले जानकारी दिनभयो । उहाँका अनुसार सिनेमाहल, कलेज, विद्यालय, लामो दूरीका सवारी साधनलगायत केही स्थानबाहेक खुला गरिने छ।

  • ५ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech