भेरी अस्पताल नेपालगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार
तस्विरः फाइल

तस्विरः फाइल

नेपालगन्ज २०, कात्तिक ।

कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा थप एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका–१० दाङका ६४ बर्षीय पुरुषको उपचारका क्रममा विहीबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषले गएको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब दिएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि उनलाई १९ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था थप खस्कदै गएका उनको उपचारकै क्रममा आज राती ९ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा आएका २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


Nabintech