आज २०७१ संक्रमित थपिए, १५५२ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

काठमाडौं २५, असोज ।

देशभर कोरोना भाइरसका थप दुई हजार ७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ संक्रमित थपिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७५ हजार ८०४ जना डिस्चार्ज भएका छन् ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech