बाँकेमा सात चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मी संक्रमित

    • स्वास्थ्य पेज

  • ९ भाद्र २०७७, मंगलवार

नेपालगन्ज ९, भदौ ।
बाँकेमा अहिलेसम्म सातजना चिकित्सकसहित ३८ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएका छन् । सबैभन्दा धेरै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी भाइरस संक्रमणको चपेटामा परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालका तीन, मेडिकल कलेज कोहलपुरका ३०, आर्मी अस्पताल राँझाका एक, परस्पुर स्वास्थ्य चौकीका दुई र खजुरा गाउँपालिका स्वास्थ्य शाखा र बनकटुवा प्राथमिक स्वास्थ्य चौकीका एकएक जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पताल नेपालगन्जका दुईजना फिजिसियन डाक्टर, नेपालगन्ज शिक्षण अस्पतालका चारजना र नेपाल आर्मी अस्पताल राँझाका एकजना डाक्टरमा भाइरस पुष्टि भएको हो ।

कोरोना फोकलपर्सन श्रेष्ठका अनुसार, सात जना चिकित्सक, १७ जना नर्स, सात जना हेल्पर (डे«सिङ गर्ने कर्मचारी), ६ जना पारामेडिक्स (एच.ए र अहेव) र एकजना ल्यावकर्मी भाइरस संक्रमित भएका हुन् ।

कोरोना भाइरस विरुद्ध फ्रन्टलाइनमा खटिएर काम गर्दै आएका उनीहरु आफै भाइरस संक्रमित भएका हुन् । कोभिड १९ को महामारीमा अहिले चिकित्सक र स्वास्थ्यकर्मीहरु विरामीका लागि भगवान सरह जस्तै भएका छन् ।

आफ्नो ज्यान हत्केलामा राखेर उनीहरु अहोरात्र खटिएका छन् । भाइरस संक्रमणबाट मुक्त भएका केही चिकिस्तक तथा स्वास्थ्यकर्मीहरु पुनः विरामीको उपचारमा फर्किसकेको कोरोना फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

  • ९ भाद्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech