अव भेरी अस्पतालमै आइसोलेसन

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७७, सोमबार

नेपालगन्ज ०१, भदौ ।
बाँकेको खजुरास्थित कोरोना बिशेष अस्पताललाई भेरी अस्पताल नेपालगन्जमा स्थानान्तरण गरिने भएको छ । एकसाता भित्रै स्थानान्तरण गर्नेगरी तयारी थालिएको छ ।

प्रदेश सरकारको निर्णयअनुसार चैतको दोस्रो सातादेखि सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालका रुपमा प्रयोग गरिदै आइएको थियो । प्रदेश सरकारकै निर्णय अनुसार भेरी अस्पताल मातहतमा कोरोना बिशेष अस्पताल सन्चालनमा छ । कम क्षमताको आइसोलेसन र चिकित्सकहरुलाई समेत पायक नपर्ने भएपछि कोरोना बिशेष अस्पताललाई भेरी अस्पतालमा स्थानान्तरण गर्न लागिएको अस्पतालका मेसु डा.प्रकाश थापाले जानकारी दिनुभयो । अहिले उक्त अस्पताल नेपालगन्जदेखि करिव ९ किलोमिटर टाढाको दूरीमा छ ।

भेरीका चिकित्सकहरु आलोपालो प्रर्णालीबाट दैनिक अपडाउन गरेर संक्रमितहरुको निगरानी गर्ने गरेका छन् ख । ‘एक हप्ताभित्रै आइसोलेसन वार्ड सार्नेगरी काम द्रूतगतिमा भइरहेको छ मेसु थापाले स्वास्थ्य पेजलाई भन्नुभयो–‘न्यूनतम ५० देखि अधिकतम सय वेड क्षमताको आइसोलेसन वार्ड हुने छ ।’ भेरीको प्रसूति र पिएनसी वार्डको माथिल्लो तलामा आइसोलेसन वार्ड निर्माण गरिन लागिएको उहाँले जानकारी दिनुभयो । कोभिड २ लेभलको यो अस्पतालमा लक्षण देखिएका विरामीमात्र राखिने डा. थापाको भनाइ छ ।

  • १ भाद्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech