नेपालगन्जमा आर्मीका चिकित्सकसहित अदालतका कर्मचारीमा समेत कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

नेपालगन्ज १८, साउन ।
नेपालगन्जको राझास्थित नेपाल आर्मी अस्पतालका चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा आर्मी अस्पतालका तीन जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा १२ जनामा भाइरस संक्रमण पुष्टि हुँदा नेपाल आर्मीका चिकित्सक सहित चार जना परेका हुन् । एकजना आर्मीको फि.ए.दाङमा कार्यरत ३५ बर्षिय पुरुष हुन् । नेपालगन्ज २० का ३४ बर्षिय आर्मी अस्पतालका चिकित्सकमा भाइरस देखिएको हो । नेपालगन्ज २० कै अर्का ३३ बर्षिय पुरुष र गुलरिया ५ बर्दियाका २३ बर्षिय पुरुषमा भाइरस संक्रमण देखिएको छ । उनीहरु नेपाल आर्मी हुन् ।

त्यस्तै जिल्ला अदालत बाँकेबाट संकलित नमुनामा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको छ । नेपालगन्ज ६ का ४० बर्षीय पुरुष, नेपालगन्ज ७ का ५५ बर्षिय पुरुष, नेपालगन्ज १८ का ४६ बर्षका पुरुष, खजुरा गाउँपालिकाका २२ बर्षका र अर्का भेरी नगरपालिका ३ सुर्खेतको रहेको खुलेको छ ।यसअघि अदालतका दई कर्मचारीमा भाइरस पुष्टि भएको थियो ।

भेरीमा गरिएको परीक्षणमा कैलाली टीकापुरका ३२ बर्षका चिकित्सकमा कोरोना भाइरस पुष्टि भएको छ । त्यस्तै टीकापुरका २६ बर्षिय पुरुषमा पनि भाइरस देखिएको छ । बाँकेको खजुरा गाउँपालिकाका ६ का ३७ बर्षका पुरुषमा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech